महाकुम्भ धार्मिक मेलाहरुको निकै चर्चीत मेलाको रुपमा परिचित छ । दैलेखमा यती महत्वको मेला संचालन हुने तयारमिा छ । यस्तो मेलाका लागि आम दैलेखी बासिन्दाहरुले हातमा हात र काँधमा काँध मिलाएर संचालनको जिम्मेवारी लिनुपर्ने देखिएको छ ।
दैलेख जिल्लामा रहेका ऐतिहाँसिक धार्मिक बस्तुहरुको प्रचार प्रसारको जिम्मा नेपाल सरकारले लिनुपर्ने हो । नेपाल सरकारको महत्वपुर्ण निकायको रुपमा रहेको पर्यटन मन्त्रालयले यसबारे अँझै धेरै चासो र चिन्ता देखाउनुपर्ने हो । तर अख्तियारले केही दिन अघि दायर गरेको मुद्धाको चर्चा गर्ने हो भनेपनि मन्त्रालयले यस्ता महत्व बोकेका जिल्लाहरुलाई समाबेश गर्नुको साटो गतल काम गरेको रहेछ भन्ने स्पष्ट भएको छ । करोडौं रकम अनियमितता भएको भन्दै दायर गरिएको मुद्धाभित्र पनि अँझै धेरै अनुसंन्धान गर्नुपर्ने देखिन्छ । कतै दैलेखको नाममा पनि यस्ता धेरै रकमहरु अदृश्य रुपमा आएर सकिएका त छैनन् । खैर यो सरकार र रकम खर्च गर्नेहरुको जिम्मेवारी भित्रको कुरा हो ।
तर दैलेखलाई अहिलेसम्म पर्यटन मन्त्रालयले निकै धेरै हेला गरिरहेको छ । यस्तो बेलामा दैलेखलाई धार्मिक पर्यटनको बिशेष क्षेत्रको उद्घोष गर्दै सुरु हुन थालेको ज्वाला कुम्भलाई सकारात्मक सुझाव र सल्लाह दिदै यसको सफलताका लागि सबैले सहयोग गर्नुपर्ने देखिएको छ । धेरै लामो समयदेखि दैलेखमा महाकुम्भको चर्चा भैरहेको भएपनि यसको सार्थकताका लागि आम जिल्लाबासिहरुले समयमै सुझाव सल्लाह सँगै सहयोगका हातहरु अगाडी बढाउनुपर्ने देखिएको छ ।








